Rashtriya Dainik

फर्साटिकरमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

तुलसीराम पौडेल -फर्साटिकर, भाद्र १३
रुपन्देहीको शुद्दोधन गाउँपालिका सौ फर्साटिकरमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ।
सौ फर्साटिकर स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ।सोमबार बिहान करीब ८ बजेको समयमा स्थानीय दुर्गा रानाले झाडिमा बेवारिसे नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्दार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो ।शिशुलाई थप उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइ पुन : प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियोे ।बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।हाल शिशुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित