Rashtriya Dainik

पर्सामा पुराना जाउँ नयाँ ल्याउ“ नारा सहित अभियान सुरु

पर्सा १३ भद
पर्सा जिल्लाको निर्वाचन क्षेत्र-३ को (क) मा स्थानीयले परिवर्तन खोजेका छन।
पर्सा निर्वाचन क्षेत्र-३को (क) बाट निर्वाचीत प्रदेश सदस्यले ५ वर्षमा जनचाहना अनुसार काम नगरेकोले यसपाली जसपा का यूवा नेता शिव कुमार साहलाई चुनामा आउन त्यस क्षेत्रका जन्ताले आग्रह गरेका छन।
´´पुराना जाउँ नयाँ ल्याउ“ नारा सहित अभियान सुरु भएको स्थानियद्धारा जानकारी प्राप्त भएको छ।
साहको भनाई-हुन त जसपा पार्टिबाट निर्वाचनमा टिकट दावी गर्ने संघ र प्रदेशका आकांक्षीहरूमा कुनै कमी छैन । त्यस बारेमा पुर्ण रुपमा जानकार रहेका साह भन्छन् “पार्टीमा टिकटका आकांक्षी म मात्र होइन,दर्जनौ साथीहरु छन् । तर पार्टीले मेरो सक्रियताका आधारमा हाल सम्मको पार्टि भित्रको गतिबिधिहरुको मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।
देशलाई यूवाको आवश्यक्ता छ। अब देश यूवालाई दिनु पर्छ भन्दै मंसिर ४ गते संघीय र प्रदेश सभाको चुनावमा यूवा नेता शिव कुमार साह लाई जिताउने यसपाली यो अभियान सुरु गरेको स्थानियहरुले बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित