कपिलवस्तु, भाद्र १३
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् l
आज मुख्यमंत्री लाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी लगायतको संयुक्त टोलीले मुख्यमंत्री केसी लाई भेटेर मदरसाको वर्तमान अवस्था , सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा केसी लाई ध्यानाकर्षण गराएका छन् l
मुख्यमंत्री केसीले मदरसाको व्यवस्थापन तथा मदरसाको संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको र व्यवस्थापन गर्न आफूहरू सहयोग गर्न तत्पर रहेको बताउदै मुस्लिम समुदायको साथ र सहोग अपरिहार्य रहेको कुरा बताउनुभएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले जानकारी दिए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

