Rashtriya Dainik

विद्यार्थीलाई कक्षाकोठामा बन्धक बनाएर कुटपिट गरेको आरोप

ज्ञानेश्वर सहानी /नवलपरासी भदौ १३
पश्चिम नवलपरासीको जनता माध्यमिक विद्यालय मनरीका शिक्षकहरुले एक विद्यार्थीलाई कार्यालय भित्र थुनेर कुटपिट गरेको पाइएको छ । कक्षा ११ मा अध्ययनरत टेकनारायण हरिजनलाई शिक्षकहरुले आधा घण्टासम्म कक्षाकोठाको ढोका थुनेर कुटपिट गरेको आरोप लागेको छ ।

सरावल गाउँपालिका वडा नम्बर २ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थी रामेश्वर मुसहर चन्दन सहानी र टेकनारायण चमारले सोमबार बिहान एक आपसमा समान्य विवाद गरेका थिए । त्यसपछि विपक्षी चन्दन सहानी , रामेश्वर मुसहर र टेकनरायन हरिजनसँग किन विवाद भयो सोधपुछ गर्ने क्रममा विपक्षी चन्दन सहानी र रामेश्वर मुसहरले उक्त विवादलाई लिएर इन्द्रदेव गुप्ता, अमित चौधरी र जिवन केवटसँग पुन: विद्यालयको कम्पाउण्डभित्र झगडा गर्न थालेपछि शिक्षक चक्रमणी चौधरीले टेकनारायन हरिजन र इन्द्रदेव गुप्तालाई समातेर विद्यालयको कार्यालयभित्र ढोका बन्द गरी बन्धक बनाएर राखेका थिए ।

हरिजनका अनुसार उक्त विद्यालयका स्टाफ कक्षभित्र व्यवस्थापक समितिका अध्यक्ष बिनाय शर्मा र टंक प्रसाद शर्मा लगायतका शिक्षकहरु उपस्थित थिए । सोही कार्यालयभित्र करिब ३० मिनेटसम्म आफुलाई मात्र चक्रमणी चौधरीले जातीय आधारमा गाली गरेको हरिजनले आरोप लगाएका छन् ।

चक्रमणी चौधरीले टेकनारायन हरिजन र इन्द्रदेव गुप्तालाई संगै स्टाफ कक्षमा लगे तर उनलाई केही नगरी आफुलाई मात्र जातीय आधारमा चमार हो भन्दै गाली गरेर आफुलाई कुटपिट गरेको उनले बताएका छन् ।

चक्रमणी चौधरी, टेक प्रसाद शर्मा, लङका पुरी, ध्रुवनारायन चौधरी, संजय शर्मा लगायतका शिक्षकहरुले स्टाफ कक्षनभित्रै भित्ता र दराजमा लडाईं कुटेपछि टाउकोमा सुन्निएको छ’ उनले भने कहि कतै उजुर बाजुर नगर तिमीलाई कुनै राम्रो कलेजमा भर्ना गराई दिन्छौं । उजुर बाजुर गर्छौं भने ठिक हँुदैन भनेर धम्कि आएको छ ।’

विवादपछि स्टाफ कक्ष भित्र इन्द्रदेव गुप्ता र टेकनारायन हरिजनलाईसँगै लगे तर आफुलाई केही नगरी टेकनरायन हरिजनलाई मात्र पालै पालो गरी पांच जना शिक्षकहरुले सामुहिक रुपमा कुटिपिट गरेपछि हरिजन अचेत अवस्थामा पुगेको र आफु र शिक्षकहरुलाई जोगाउनको लागि विद्यालयका प्रधानाध्यापक नन्दनी कुमारी पोखरेल ढकालले बासा प्रहरी चौकीको जिम्मा लगाएकी इन्द्रदेव गुप्ताले बताए ।

यता प्रधानाध्यापक नन्दनी कुमारी पोखरेल ढकालले भनिन्, ‘शिक्षकहरुले कुटपिट गरेको होइन् । उनी आफैं लडेर घाइते भएपछि प्रहरी बोलाएर उपचारको लागि पठाएको हो । टेकनारायण हरिजन कक्षा ११ मा अध्ययन गर्ने दलित विद्यार्थी पनि हो । ऊ आफ्नो कक्षाको उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी पनि हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित