Rashtriya Dainik

सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु

राजन कुमार बानिया , पोखरिया, १२ भदौ
पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आफना पालिकाका कोहि पनि व्याक्ति बिरामी परे उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा लैजानु परे निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु गरेको छ ।
गाउँपालिलाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले भदौं १ गते देखि नै पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार पालिकामा दुइ वटा एम्बुलेन्स उपलब्ध छन् । मधुवन मथलव स्वास्थ्य चौकी र महुवन स्वास्थ्य चौकीमा रहेका दुइ वटा एम्बुलेन्स , पालिकाका सेवाग्राहीका लागि भदौ १ गते देखि नै निशुल्क उपलब्ध गराउन थालिएको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले बताए ।
गाउँपालिकाको नवौँ गाउँ सभाबाट पारित भएको निर्णय बमोजिम भदौं १ गते देखि यो सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।
तर सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने ईन्धन खर्च सेवाग्राही स्वंयले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताए । यसैगरि सखुवाप्रसौनी गाउँपालिका बाहेकका अन्य नागरिकको हकमा भने साविक बमोजिम नै एम्बुलेन्स भाडा लागु हुने उनले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित