Rashtriya Dainik

लहान नगरपालीकाद्वारा भब्य रुपमा हरितालिका तिजको आयोजना

महेश सिंह सिरहा लहान १२ भदौ – लहान नगरपालिकाले यो बर्ष देखी हरितालिका तिजको भब्य रूपमा आयोजना गरेको छ। दर खाने दिनको अवसर पारेर बृहत दर खाने कार्यक्रमको आयोजना गरीएका छन्।

लहान नगरपालिका भित्रका करिब हजारौं महिलाहरुको दर खाने कार्यक्रममा उल्लेखनीय सहभगिता रहेको छ। महिलाईहरु पनि रमाउने अधिकार बाट बन्चित नहोस् भने उदेश्यले लहानका मेयर महेश प्रसाद चौधरीले उक्त कार्यक्रमको आयोजना गरेका हुन्।

सबै बर्ग समुदायको महिला दिदी बहिनीहरुको उल्लेखनीय सहभागीता रहेको छ्। महिलाहरु दरखाएर नित्य विभिन्न किसिमको संगितको धुनमा नाच्ने र कला प्रस्तुति गर्ने गरेका छन्।
कार्यक्रममा पुर्ब मन्त्री पदम नारायण चौधरी लहानका मेयर महेश चौधरी,नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उषा राउत
लहान नगरपालिकाका प्रबक्ता रमेश गौतम वाडा अध्यक्ष राम औतार शर्मा निमित्त प्रमुख प्रसाशकिय अधिकृत शत्रुधन प्रसाद चौधरी लगायत विभिन्न संचार माद्य्ममा आबद्ध दर्जनौं पत्रकारहरु उपस्थिति रहेको थियोे। कार्यक्रमको संचालन नगरपालिकाको बिघय महेश्वरी चौधरीले गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित