कृष्णा यादव , वीरगंज / १२ भाद्र
वीरगंज भन्सारवाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा लत्ताकपडा , जुत्ता चप्पल , हाडयेवर लगाएतको तस्करी व्यापक रुपमा शुरु ।
नेपालको मुख्य नाका भनेको वीरगंज भन्सार हो ।वीरगंज भन्सारको मुख्य सिमामा सशस्त्र प्रहरीको डिउटी हुन्छ।मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सार अाफैमा संवेदनशील क्षेत्र हो। मुख्य नाकाको जिम्मा सशस्त्र प्रहरीको हो।सशस्त्र प्रहरीले तस्करहरु सित अार्थिक प्रलोभनमा परी तस्करहरुलाई व्यापक रुपमा तस्करीको लाईन एक भिडियो क्लिपले खुलेको छ।
सशस्त्र प्रहरीको मिलोमतोमा वीरगंज भन्सारको अगाडीवाट नै टेम्पु , मोटरसाइकल र साईकलमा तस्करहरु लत्ताकपडा , हाडयेवर , जुत्ता चप्पल, माछा र हण्डी कारोबार लगाएतको सामानहरुको भारतवाट नेपाल तर्फ दिन्हु लाखौं रुपैयाको राज्शव छलि गरि भित्राईरहेका छन्।
सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख ठाडा मगर र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले सिमानाकामा रहेका बिअोपीहरुलाई तस्करीमा कडाई गर्ने पटकपटक निर्देशन दिदै अाएपनि सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टले अाफ्नो हाकिमको निर्देशन विपरित मोटो रकम को नजरना बुझि व्यापक रुपमा तस्करीको लाइन दिएका छन्।
भन्सारको गेट अगाडि डिउटीमा रहेका सशस्त्र प्रहरीले सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यापारीहरु रक्सौलवाट आफनो घरयासी प्रयोजन र पसलका लागि सामग्रीहरु किनेर लैजाँदा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी झमेला खडा गरी पैसा लिने गरेको पर्सा एक व्यापारी राजबली साहले गुनासो गरे ।
सशस्त्र प्रहरी वीरगंज भन्सारका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक भट्ट अाएको दिन देखिनै वीरगंज भन्सारको अगाडीको बाटो र ईनार्वा गाऊको वाटो भई दिनरात ठुलो मात्रामा तस्करको समुहहरुले अवैध रुपमा राजशव छलि गरि एक समुहले १० अोटा टिम्पुमा लोड गरि भित्राईरहेका छन्न भन्ने ३० देखि ४० वटाको हराहरि मा साईकल मोटरसाइकल प्रयोग गरि सो नाकावाट भित्राई ईनार्वा गाऊमा स्टोक गरि वीरगंजको विभिन्न ट्रान्सपोर्टा सम्म पुर्याउने गरेको स्रोतले जनाएको छ।
सस्शत्र प्रहरी निरीक्षक भट्ट अाएको दिन देखिनै विभिन्न समाचार , पत्रपत्रिका , टेलिभिजनहरुमा समाचार अाएपनि अहिले सम्म न तस्करी रुकेको छ न कुनै किसिमको विभागले कार्यबाहि नै गरेको छ।यस्ले स्पष्ट बुझिन्छ कि साना हाकिम देखि ठुला हाकिमहरु संरक्षणमा तस्करी भईरहेको छ ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

