Rashtriya Dainik

कपिलवस्तु विजयनगरमा तीजको अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न।

कपिलवस्तु ,१२ भदौ
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा विजयनगरमा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक रेडियो विजयनगरको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा प्रेमनगर हाटबजारमा कार्यक्रम सम्पन्न भएको छ ।
गोपाल बहादुर थापाले महिलाहरुको महान पर्व तीजको शुभकामना दिँदै तीजलाई भडकिलो नबनाउन , धेरै गहना नलगाउन महङगा कपडा र धेरै खर्च गरि पारिवारिक अवस्थामा आर्थिक भार नपारी भव्य र सभ्य तरिकाले तीज मनाउन अनुरोध गर्नुभएको छ । साथै कार्यक्रममा फरक प्रसंगमा बोल्दै आध्यक्ष थापाले छोरासँगै छोरीलाई शिक्षा दिए मात्र समाज र राष्ट्रको विकास हुदै महिला सशक्तिकरणमा पुर्णरुपमा सहयोग हुने बताउनुभयो । यसरी हरेक क्षेत्रको विकासको तुलनामा पुरुषभन्दा महिलाको पनि भुमिका कम नभएको कुरामा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नक्कली ठुला ठुला गहना किनेर नै सबैले रमाउन सकिने भएकाले बैंकबाट ऋण लिएर महँगो गहना नकिन्ने, घर झगडा र ऋणको भारी बोकी भड्किलो तिज नबनाउन अनुरोध गर्नुभयो । साथै उहाले कार्यक्रम मार्फत महिलाहरुले नै महिलालाई हेप्ने गरेको भन्दै बोक्सीको आरोपमा महिलाले नै महिलालाई हेप्ने प्रवित्ती को अन्त्य गर्न, बहुविवाहमा विरोध गर्न, बाल विवाहको अन्त्यमा जिम्मेवार भै लाग्न सके मात्र महिला हुँ भनी गर्व गर्न मिल्ने बताउनुभयो

कार्यक्रममा लोक तथा दोहोरी गायिका हरीमाया रायमाझी, लोक तथा आधुनिक गायक दिपक भन्डारी, लोक गायिका बर्षा लम्साल, लोक गायक मिसन भुसालको बेजोड प्रस्तुतिमा महिला हरु रमाएका थिए ।
कार्यक्रममा वडा नं ५का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, वडा नं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी , लगायतको उपस्थिति रहेको थियो भने विजयनगर समाजका अध्यक्ष राम प्रकट कोरिको अध्यक्षतामा रहेको कार्यक्रममा स्वागत मन्तव्य प्रमिला पौडेलको रहेको थियो भने कार्यक्रम दिपक भन्डारीको सञ्चालनमा सम्पन्न भएको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित