उर्मिला यादव / मंसिर २२ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आइतबार ३ लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर.४ टि.सि.एन चोकबाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ६ हजार १ सय मुल्य बराबरको सुट,साडी, थान कपडा लगायतका बिभिन्न किसिमका कपडा बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखी सामान फाली मानिस मोटरसाईकल सहित भागेको समेत प्रहरीले जनाएको छ । त्यसैगरी आइतबार नै नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख २८ हजार मुल्य बराबरको ३२ बोरामा १६ क्वीटल हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको छ । त्यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १८ हजार मुल्य बराबरको ३ बोरामा १५० केजी छोडा र सोही समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ७४ हजार १ सय ६० मुल्य बराबरको एल पि जी ग्यास पाइप, कुकरको बिड, ग्यास वर्नर, कुकरको सिटि, ग्यास रेगुलेटर, लगायत , वर्नर बेस, ग्यास स्टेन, स्टिलको गिलास, रेसमको डोरी लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको जनाएको. छ भने भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९ हजार ७ सय ५० मुल्य बराबरको बिभिन्न किसिमका कपडा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली रामग्राम नगरपालिका वडा नं. ५ बाईपास चोकबाट बरामद गरेको छ । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।