राष्ट्रिय दैनिक / नवलपरासी, १० भदौ
पश्चिम् नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा पिरामिड कम्पियुटर कब्बडी खेलकुद सम्पन्न भएको छ ।
पिरामिड कम्पियुटर कब्बडी खेलकुद समितिकाे अायाेजनामा समितिका अध्यक्ष महमूद अन्सारीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख अातिथ्यतामा सम्पन्न भएको हाे।

खेलकुद समापन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन , प्रदिप कुर्मि , पिन्टु गौंड, गोपिचन्द हरिजन, संजय मौर्य, दिनेश गुप्ता, सिराजु अन्सारी, राममिलन यादव, सम्सुदिन अन्सारी लगायतको उपस्थित रहेको थियोे ।

प्रतियोगितामा प्रथम पुसाैलि सि , द्वितिय दिवाना टाेल पुसाैलि ,तृतीय माधवपुर भएका हुन । बिजेता हुनेलाई ,१५ किलाे कुखुरा र ७ किलाे कुखुरा तथा सिल्ड मेडल प्रमाणपत्र प्रदान गरिएको थियोे ।

खेलकुदमा ४० वटा पिरामिड कम्पियुटर कब्बडी समुहकाे सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

