राजन कुमार बानिया ,पर्सा १० भदौ
हालसम्म पनि गाउँ सभा नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत संघिय मामिला तथा प्रशासन मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नेकपा माओवादी केन्द्र (YCL Nepal)को केन्द्रिय सदस्य सन्तोष पटेलले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलमार्फत संघिय मामिला तथा प्रशासन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
स्थानीय सरका सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा ६ अनुसार नगर÷गाउँ सभा असार मशान्त सम्म पारित गरिसक्नुपर्ने व्यवस्था भएपनि धोबिनी गाउँपालिकाले हालसम्म पारित गर्न नसकेको अहमदले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जनप्रतिनिधिहरुको आन्तरिक भागबण्डा नमिलेकै कारण हालसम्म पनि धोबिनी गाउँपालिकाको गाउँ सभा नभएको भन्दै तत्काल गाउँ सभा गर्न निर्देशन दिनुपर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
नेपाल सरकारबाट प्राप्त बजेटलाई आफ्नो घरको रकम सम्झेर भाग बन्डा गर्ने कारणले गर्दा बजेटको चरम दुरुपयोग भ इगत वर्षको कार्यकालमा १० करोेड ३१ लख रकम बेरुजु रहेको पनि ज्ञापन पत्रमा उल्लेख छ ।
धोबिनी गाउँपालिकाको सचेत नागरिकको नाताले समयमै गाउँ सभा गर्न आग्रह गर्दै अहमदले ७ दिनभित्र गाउँ सभा नभए नेकपा माओवादी केन्द्र धोबिनी गाउँपालिका आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

