Rashtriya Dainik

पश्चिम नवलपरासीमा सामसङ टीभीकाे उद्योग शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी , १० भदौ

पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भूमहीमा सामसङको एलईडी टीभी एसेम्बल उद्योग शिलान्यास कार्यक्रममा सम्पन्न भएको छ।

अब नेपालमा सामसङ ब्राण्डको टीभी एसेम्बलिङ उद्योग नवलपरासीको भुमहीमा फ्याक्ट्री खोलिने भएको छ ।

गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले नेपालमा फ्याक्ट्री सञ्चालन गर्ने भएको हो । हाल हिम इलेक्ट्रोनिक्स सामसङको आधिकारिक डिलरका रुपमा रहँदै आएको छ ।

एसेम्बलिङ फ्याक्ट्रीको एक कार्यक्रमका बीच बुधबार शिलान्यास गरिएको छ । ५० करोडको लगानीमा पूर्वाधार तयार गरिने छ । ३२ देखि ८५ इन्चसम्मका टीभी यहाँ बनाइनेछ । प्रतिदिन १ हजार टीभी तयार हुनेछ भने दुई वर्षमै ५ सय जनाले रोजगारी पाउने अर्गनाइजेसनका शेखर गोल्छाले बताए । ‘सामसङसँग २२ वर्षको सहकार्यपछि अब नेपालमै टीभी एसेम्बलिङ उद्योग खोल्न लागेका छौं’ उनले भने ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित