प्रिन्स मिश्रा, कपिलबस्तु । कपिलबस्तुमा अज्ञात समुहले गोलि चलाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको गोलि लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।
पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीको भनाइ छ ।
गोली कसले र के का लागि चलायो भन्ने बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको र गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
मृतक पासी एक कृषक भएको बुझिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

