Rashtriya Dainik

यु.एम.एन. नवलपरासी कलष्टरद्वारा सन्चालित परियोजनाकाे बार्षिक समिक्षा गाेष्ठी

राष्ट्रिय दैनिक / नवलपरासी , १० भदौ

पश्चिम नवलपरासीको चिसापानीमा यु.एम.एन. नवलपरासी कलष्टरद्वारा सन्चालित परियोजनाकाे बार्षिक समिक्षा गाेष्ठी सम्पन्न भएको छ।

युनाइटेड मिसन टु नेपालकाे साझेदारीमा सन्चालित परियोजनाहरुले गरेको प्रगति , लक्ष्य अनरुपकाे काम , भाेगेका समस्या , सिकाइ , चुनाैती लगाएतकाे विषयमा छलफल भएको थियाे ।

परियोजनाकाे बार्षिक समिक्षा गाेष्ठीलाई सम्बाेधन गर्दै युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टर टिम लिडर सब्बु तमाङले लक्ष्य अनुसारको काम भयो कि भएन त्यसको समिक्षा हुनु सकारात्मक रहेको बताउनु भएको थियो । समिक्षाबाट अाफ्नाे लगाएत अन्य परियोजनाकाे सिकाइ अादान प्रदान हुने भएकोले याे एक अर्कोलाई चिन्ने माैकाकाे साथसाथै सिक्ने सिकाउने पाठशाला रहेको बताउनुभयो थियोे । टिम लिडर तमाङले सबै कर्मचारीले गरेको कामकाे प्रशंसा गर्दै अगामी दिनमा पनि दत्तचित्त लगाई अाफ्नाे जिम्मेवारी र काम निर्वाह गर्न सबैलाई अनुरोध समेत गर्नुभएको थियोे ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिकामा युनाइटेड मिसन टु नेपालकाे सहयोग र सुनवल सामुदायिक बिकास केन्द्रकाे ३ र इन्द्रेणी सामाजिक बिकास मन्चकाे ४ गरि ७ वटा परियोजनाकाे सन्चालित छ।

कार्यक्रममा युनाइटेड मिसन टु नेपाल, सुनवल सामुदायिक बिकास , इन्द्रेणी सामाजिक बिकास मन्चकाे कर्मचारी र कार्यसमितिकाे सहभागीता रहेको थियोे ।

कार्यक्रममा सुनवल सुनवल सामुदायिक बिकासकाे अध्यक्ष सपना अधिकारी थापा, इन्द्रेणी सामाजिक बिकास मन्चकाे कार्यकारी निर्देशक बद्री सुवेदी , युनाइटेड मिसन टु नेपालकाे स्वास्थ्य परियोजना ब्यवस्थापक इश्वर के.सि , फाइनान्स अपिसर अप्सरा नेपाल लगाएतले बाेल्नु भएको कार्यक्रमकाे सन्चालन रामसरन श्रेष्ठले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित