नवलपरासी / भदौ १०
पश्चिम नवलपरासीमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १ करोड ९ लाख २७ हजार ५ सय १० रुपैया मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर मातहत खटिएका सशस्त्र प्रहरीले चिनि ,लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरी महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक केशव राज थापाले जानकारी दिनुभयो ।
पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि वास्ता नगरिएको समाचार राष्ट्रिय दैनिकको अनलाइन मिडियामा पटकपटक प्रकाशित भएपछि सशस्त्र प्रहरीले सक्रियता बढाएको हो ।
सशस्त्र प्रहरीको सक्रियता संगै दैनिकजसो चिनी , लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स सहितका अवैध सामानहरू सशस्त्र प्रहरी धमाधम बरामद गरिरहेका छन् । गत हप्ता मात्र एक ट्रकमा लोड गरी लैजादै गरेको तस्करीको चिनी र एक कारमा लोड गरि लैजादै गरेको कपडा सशस्त्र प्रहरीले प्रतापपुर गाउँपालिकाको धर्मौलीबाट बरामद गरेको थियो ।
चिनीसहित लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स बोका लगायतको तस्करी बढेपछि प्रमुख जिल्ला अधिकारी सर्वन कुमार पोख्रेलले पनि निगरानी बढाउन आदेश दिएको बताउनुभयो ।
यसैबीच सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले शनिबार नवलपरासीको प्रतापपुर गाउँपालिका धर्मौली नाकाबाट सात लाख बराबरको १ सय १८ क्विन्टल चिनी बरामद गरेका थिए ।
विशेष गरी रातीको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला सशस्त्र प्रहरीलाई छक्काएर तस्करहरूले बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर नियन्त्रणका लागि परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे एसपी रुप कुमार क्षेत्रीले बताए।
चोरी तस्करी बढेको गुनासो पछि सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

