Rashtriya Dainik

विद्यार्थी माथि भएको कुटपिटको घटना प्रति विद्यार्थी संगठनद्धारा आपत्ति

नवलपरासी ,९ भदौ
पश्चिम नवलपरासीको एक विद्यालयमा शिक्षकले विद्यार्थीलाई निर्मम तरिकाले कुटपिट गरेको घटना प्रति विभिन्न विद्यार्थी संगठनहरुको गम्भिर ध्यानाकर्षण छ । घटनाका दोषीलाई कार्यवाही गर्न आग्रह गर्दै जिल्लाका दुई विद्यार्थी संगठनले छुट्टा छु्टटै प्रेस विज्ञप्ती जारी गरेका छन । जिल्लाको रामग्राम ४ मा रहेको हिलेरियस चिल्ड्रेन एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १२ बर्षिय विद्यार्थी निखिल कोहारलाई सोही विदुयालयमा अध्यापन गराउने शिक्षक अस्लम सिद्धिकीले कानको जाली फुटने गरि पिटेको घटना प्रति अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पश्चिम नवलपरासीले घटनाका दोषी माथि हदै सम्मको कार्यवाही गर्न विज्ञप्ती मार्फत माग गरेका छन । अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज पौडेल र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला समयोजक सुभाष शर्मा र जिल्ला ईन्चार्ज सन्देश सापकोटाद्धारा हस्ताक्षरित छुट्टा छुट्टै प्रेष विज्ञप्तीमा घटनामा सलंग्न शिक्षकलाई कानुनी कार्यवाही सहित विद्यार्थीको उपचारको खर्च समेत सोही शिक्षकलाई भु्क्तानी गराउनका लागी माग गरिएको छ । साथै यस्ता प्रकृतीका घटना नदोहराउन समेत सबैलाई आग्रह गरिएको छ । घटनाका दोषीलाई कार्यवाही नभए वा घटना दोहरिएमा संगठनले कडा भन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने समेत विज्ञप्ती मार्फत जानकारी गराइएको छ । गत साउन १९ गते विद्यार्थी कोहारलाई शिक्षक सिद्धिकले होमवर्क नगरेको र कक्षामा होहल्ला गरेको निहुमा ती बालकको कानमा झापड हानेको पिडित बालक संग पढ्ने विद्यार्थीहरुले बताएका छन । घटना घटेको महिनौ दिन पुग्न लाग्दा सम्म पनि विद्यालय प्रशासनले पिडित बालकको उपचारमा चासो नदेखाएपछि घटना बाहिरिएको हो ।
यसैबीच, क्याम्पस प्रशासनले शुल्क बृद्धि गरेको बिरोधमा पश्चिम नवलपरासीको बर्दघाट २ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसका सम्पूर्ण विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन । विना कुनै जानकारी मनामेमानी ढंगबाट क्याम्सपस प्रशासनले शुल्क बृद्धि गरेको भन्दै लेखा शाखा, क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गर्न परेको विद्यार्थी संगठनहरुले जानकारी गराएका छन । क्याम्पसमा क्रियासिल बिद्यार्थी संगठनहरु संग सहकार्य नै नगरीकन क्याम्पस प्रशासनले मासिक शुलकमा ३० प्रतिशत र भर्ना शुल्मा १ हजार ५ सय रुपैयाँले बृद्धि गरेको बिरोधमा विद्यार्थीसंगठनहरुले तालाबन्दि गरेको आज जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरीएको छ । अनेरास्ववियूका क्याम्पस ईकाई अध्यक्ष किरण बस्याल, नेविसंघका उप सभापति खुशी पाठक, अखिल (क्रान्तिकारी )का ऋषि खनाल, नेविसंघका का.ब. सभापति शशि वि.क., अखिल क्रन्तिकारीका प्रदिप पाठक द्धारा हस्तारिक्षत विज्ञप्ती मार्फत बिद्यार्थीहरुले क्याम्पस प्रशासनले २ दिन भित्र शुल्क नघटाए चर्को आन्दोलनमा उत्रिने चेतावनी समेत दिदै जनप्रतिनिधिहरुले विद्यार्थीको आन्दोलनलाई निरुत्साहित गरि गैर जिम्मेवारी अभिब्यक्ति नदिन विज्ञप्ती मार्पmत आग्रह समेत गरेका छन । तालाबन्दि पछि विद्यार्थीहरुले क्याम्पस प्रमुख सागरमणी पाण्डेलाई छिटो भन्दा छिटो शुल्क घटाउनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित