उमेश बि.क / नवलपरासी , ९ भदौ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाद्वारा निशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ।
सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बिहीबार अल्ट्रा साउण्ड मेसिनको उद्घाटन गर्दै सेवा संचालन गरेका हुन ।

स्थानिय स्तरमा अल्ट्रासाउण्ड सेवा नहुँदा सुस्ता गाउँपालिकाभित्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गराउन गोपिगन्ज,परासी,बुटवल र भारत लगाएतको ठाउँमा जानुपर्ने बाध्यता थियो।
अल्ट्रा साउण्ड मेसिन संचालनमा भएसंगै अब गर्भवती महिलाले गाउंमै निशुल्क भिडियो एक्सरे सेवा पाउनेछन।

पालिका अध्यक्ष टेक नारायण उपाध्यायले अब हाम्रो पालिका भित्रका महिला दिदीबहिनीहरुले गर्भवती भएको अवस्थामा अन्य स्थानमा जानुपर्ने समस्या हल हुने र पालिका भित्रका गर्भवती महिलाहरु निर्धक रूपमा कुडिया स्वास्थ्य चौकीमा आएर निशुल्क गर्भ जाच गराएर सेवाको भरिपूर्ण रूपमा फाइदा लिनका लागि आग्रह गर्नु भएको छ ।
त्यस्तै पालिका उपाध्यक्ष गिता चाैधरीले गर्भावस्थामा बच्चा र आमामा हुने जटिलता पत्ता लगाई आमा र बच्चाको ज्यान बचाउने र आवश्यक व्यवस्थापन गर्ने उदेश्यले भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको बताउनुभयो ।

यस सेवा मार्फत प्रत्येक गर्भवती महिलाले कम्तीमा तीन पटक (४,६ र ९ महिनामा) भिडियो एक्सरे सेवा पाउनेछन ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन भएपछि स्थानीयले गाउँमै स्वास्थ्य सुविधा पाउने बताउनुभयो । उहाँका अनुसार अव यहि सेवा लिन टाढा जानुपर्ने बाध्यता हटेको छ ।

यस क्षेत्रका महिलाहरुलाई यो परिक्षण पालिकामै होस भन्ने उदेश्यले निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरिएको उहाँको भनाई छ । निशुल्क रुपमा यो सेवा सञ्चालनमा आएपछि आर्थिक हिसाबले सहज हुने प्रमुख प्रशासकीय अधिकृत पाैडेलले बताउनुभयो ।
पालिका भित्रका सम्पुर्ण गर्भवती महिलाहरुलाई निशुल्क रूपमा भिडियो प्रविधिद्वारा गर्भ जाच सेवा सुचारु भएकोले स्थानीय महिला निकै खुशी ब्यक्त गरेका छन ।

निशुल्क भिडियो एक्सरे सेवाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि ,समाजसेवी तथा स्वास्थ संस्थाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

