दोरेन्द्र खड्का बझाङ
एनआईसि एशिया बैङ्क बझाङमा कार्यरत एक कर्मचारी मृत फेलापरेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका –११ पिठालेक घर भएका बर्ष ५२ का रोहित थापा रहेका छन् । उनि भदौ ३ गते देखि कसैको सम्पर्कमा नरहेको उनका आफन्त रतन थापाले जानकारी दिनुभयो । थापा बुधबार जिल्लाको केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा मृत अवस्थामा फेला परेका थिए । थापा करिब ३ बर्ष देखि एनआईसि एसिया बैङ्कमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन् ।
थापा भदौ ३ गते साँझ ६ बजेपछी अफिसबाट विदा भएपछी भोली पल्ट अफिस नआएर सम्पर्क विहिन भएको बुझिएको छ । आज मृतक थापाका आफ्न्तले बैङ्क विरुद नारा लगाउदै बेपत्ता भएको एक हप्ता सम्म पनि आफुहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैङ्कमा ढंगामुडा गरेपछी बैङ्कको कार्यालयमा तोडफोड गरेको छ । दिउसो देखी नेपाल प्रहरी, शसस्त्र प्रहरीले बैङ्कमा सुरक्षा दिएको छ । मृतक थापाका आफन्तले शब बुझ्न मानेका छैनन् । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत राखिएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्र्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो । साथै बैङ्कमा असुरक्षा भएको भन्दै केहि दिन सुरक्षाको घेरामा राखेर सेवा संचालन गरिने डिएसपी भण्डारीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

