हरिकिशोर शर्मा जिराभवानी ,भाद्र- ८
ठोरी ४ को निर्मलबस्ती नजिकै मोटरसाइकल दुर्घटना हुंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
ठोरी ३ को शिकारीबासमा आफन्तकोमा पुगेर फर्कदै गरेका बिरगंज महानगरपालिका वडा नं. ९ का कर्मचारी जगत दीप बिष्टको हुलाकी सडक आइपुग्नै लाग्दा(हुलाकी सडक भन्दा करीब २०० मिटर उत्तर) कच्ची बाटोमा आज अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै मृत्युु भएको इप्रका ठोरीले जनाएको छ ।
मोटरसाइकलका एकजना मात्र सवार रहेको र अनियंत्रित भइ दुर्घटना भएको अनुमान गरिएको इप्रका ठोरीले जनाएको छ ।
घटनाबारे मृतकका परिवारलाई खबर गरि सकेको र बिरगंजबाट शब बाहन मगाएर बिरगंज लैजाने तयारी भइरहेको प्रहरीको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

