२२ मंसिर / दार्चुला महाकाली राजमार्ग अन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डमा ट्रक दुर्घटना भएको छ । दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीको श्रोतल जनाएको हो । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति १०१५ बजेको समयमा सडकबाट झण्डै १२० मिटर तल खसेको थियो । प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्ट अनुसार मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन भने अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । घटना के कारण भएको छ भन्ने विषय अझै प्रष्ट न भएको र शव पोस्टमार्टम र परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।