Rashtriya Dainik

किसानलाई कृषि ज्ञान केन्द्रसंग अन्तरक्रिया एवं समन्वय कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ८ भदौ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ मा किसानलाई कृषि ज्ञान केन्द्रसंग अन्तरक्रिया एवं समन्वय कार्यक्रम सम्पन्न भएको छ।

युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवन परियोजना (रिकाेभ) बाट किसानलाई कृषि ज्ञान केन्द्रसंग अन्तरक्रिया एवं समन्वय कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मकाे परियोजनाबाट कृषि र पशु क्षेत्रमा सहयोग पाएका करिब ६५ जना किसानहरुकाे सहभागीता रहेको रिकाेभ परियोजना संयाेजक सुस्मिता शर्माले जानकारी दिनुभएको हाे।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र कुमार सहानीले किसानको हरेक समस्या समाधानका लागि अाफुले भुमिका खेलिरहेको जानकारी गराउनु भएको थियोे ।

कार्यक्रमकाे सहजिकरण कृषि ज्ञान केन्द्र नवलपरासीकाे कृषि प्राविधिक सुनिल दास पटेल र पाल्हिनन्दन कृषि शाखा सहायक विश्वनाथ यादवले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित