राष्ट्रिय दैनिक / नवलपरासी , ८ भदौ
पश्चिम नवलपरासीको सुनवलमा अहिंसात्मक सञ्चार कार्यशाला सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित घरेलु हिंसा तथा सामुदायिक मेलमिलाप र सम्बाद परियाेजना अन्तर्गत ३ दिने अहिंसात्मक सञ्चार कार्यशाला भएको हाे ।

कार्यशालामा अहिंसात्मक सञ्चार , भाषाको पुनरावलोकन , अवलाेकन अांकलन मुल्यांकन , म काे हु ? , समानुभुती , खुशीकाे रहस्य लगाएतकाे विषयवस्तुमा प्रशिक्षण गरिएको घरेलु हिंसा तथा सामुदायिक मेलमिलाप र सम्बाद परियाेजना संयाेजक कृष्ण पाण्डेयले जानकारी दिनुभएको हाे।

२६ जना सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण श्रीराम तिमिल्सिना र साेभा रेग्मीले सहजिकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

