सप्तरी ,७ भदौ । सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ।
जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो।
मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई स्थानीयले अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि प्रहरी र उनीहरू बीच झडप भएको छ।
झडपमा स्थिती नियन्त्रणको लागि प्रहरीले ३ राउण्ड हवाइ फायर गरिएको छ।
झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

