राष्ट्रिय दैनिक / नवलपरासी , ७ भदौ
नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पश्चिम नवलपरासीमा आंशिक रुपमा परेको छ ।
नवलपरासीको सदरमुकाम परासी , सुनवल , बर्दघाट , गाेपिगन्ज ,महेशपुर लगायतका सहरी र ग्रामीण बजारहरु खुलेका थिए । सडकमा निजी सवारी साधनहरु पनि फाट्टफुट्ट चलेका थिए । लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन भने चलेका थिएनन् ।

उद्योग,कलकारखाना सञ्चालन भए पनि विद्यालय र क्याम्पसहरुको पठनपाठन प्रभावित भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

