Rashtriya Dainik

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव जिर्ण पुल निर्माण नभएको प्रति ध्यानाकर्षण

नवलपरासी , ७ भदौ । पश्चिम नवलपरासीको स्थित हुलाकी मार्ग निर्माण गर्ने कार्य भए पनि हुलाकी मार्गमा रहको बर्षाै देखीका पुलहरु जिर्ण भए पनि त्यसको निर्माण नभएको प्रति प्रतापपुर गाउपालिकाको ध्यानाकर्षण भएको छ । हुलाकी राजमार्ग निर्माण गर्ने ठेकेदारले पुल निर्माण तर्फ ध्यान नदिदा ति पुल निर्माण हुन नसकेको प्रति ध्यानाकर्षण भएको हो । हुलाकी राजमार्ग नेपाल सरकारले निर्माणका लागि ठेक्का गरेको भए पनि त्यसमा रहेका दर्जन पुलको पनि निर्माण हुने कि नहुनेबारे स्थानिय अनभिज्ञ छन् । पुल समेतको ठेक्का भएको भए ठेकेदारले सडक बनाउनु पुर्व पुल निर्माणका कार्य पनि शुरु गथ्र्यो,तर अहिले पुलबारे स्थानिय तहलाई पनि खासै जानकारी नभएको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । सडक निर्माणकै लागि पटक पटक ठेकेदारलाई भन्दा पनि अटेरी गरेको थियो, उनले भने,ठेकेदारका उपकरणहरु नियन्त्रणमा लिए पछि प्रजिअ मार्फत सम्पर्कमा आएको थियो ।

काम बेलामै सक्ने बताए पनि हुलाकीराजमार्गको निर्माण कार्य कछुवा गतिमा छ, उनले थपे, हुलाकी सडक आयोजना प्रमुखहरुले पनि वेवास्ता गर्ने गरेका छन् । काम गराउने आयोजनाको तर्फबाट के प्राविधिक हो त्यसको पनि सम्पर्क हुदैन् । ठेकेदारको अधिकारिक प्रतिनिधि पनि भेटाउन गाह््रो हुन्छ । काम गर्ने समान्य कामदारले आफुहरुलाई अयोजनाको विस्तृत जानकारी नभएको बताउने गरेका छन् । हुलाकीराजमार्गको चौपत्ता देखी त्रिवेणी खण्डको निर्माण सम्झौताको म्याद सकिन ४ महिना मात्र बाकी छ,तर काम भने धेरै नै बाकी रहेको हुदा बेलामै काम सकिने अवस्था नदेखिएको अध्यक्ष यादवले बताए । हुलाकी मार्गमा काम गर्न ठेकेदारले ढिलाई गर्दा प्रतापपुर र सुस्ता गाउपालिकाका बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडक अयोजनासँगै पुलको पनि निर्माण कार्य हुदै गर्दा एकै पटक समस्या हुन्थ्यो,तर पुल बनाउने कुनै लक्षण नै देखिएको छ्रैन् । सो सडकमा पर्ने अधिकाँश पुल गण्डक नहर र नहरका शाखा, प्रशाखा तथा जलनिकासका लागि बनाइएका ड्रेनहरु रहेका छन् ।

त्यसैगरि भारतिय पश्चिमी नहरको ठूलो पुल पनि राजमार्ग अनुसारको पुल छैन् । जिर्ण अवस्थाकै रहेको पुलको र्यालिगँ पुरै भत्किएको छ । ठूलो पुलको पुर्वपश्चिम दुई वटा पुल छन् । पिपरपाती सिचाई नहर प्रणालीको पुल पनि हुलाकी राजमार्गमै पर्छ । सुस्ताको कुडिया गाउ नजिकै पनि पुल रहेका छन् । यसरी हुलाकी राजमार्ग त्रिवेणीसम्म साना ठूलो एक दर्जन पुल छन् । हुलाकी राजमार्गको अवस्था अनुसार ति पुल छैनन्,उनले आश्चर्य ब्यतm गर्दै भने, अहिले राजमार्ग बनाउने र पछि पुल बनाउने कस्तो योजना होला ? पुलको निर्माण पनि नेपाल सरकारले नै गर्ने हो कि भारतिय पक्षसँग भन्ने त्यसबारे छलफल गरेर जानकारी गराउने बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित