Rashtriya Dainik

सरावल गाउँपालिकाकाे बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , ७ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे अार्थिक बर्ष ०७८ /०७९ काे बार्षिक समिक्षा कार्यक्रम साेमबार सम्पन्न भएको छ।

गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

बार्षिक समिक्षा कार्यक्रममा ७ वटा वडाका वडा सचिवहरु र पालिकाका शाखा प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए ।

पालिकाले समयमै मुल्याङकन र अनुगमनका साथै भुक्तानी प्रक्रियालाई सरल बनाउने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भुमिका खेल्ने बताईएको छ ।

वार्षिक प्रगति समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले समग्रमा आर्थिक बर्ष २०७८÷०७९ उपलब्धीमूलक रहेको भन्दै समग्र विकास निर्माण तथा सेवाप्रबाहलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुभयो । उहाले आफू र जन प्रतिनिधिहरूले नै सहयोग पुर्याउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले प्रगति समिक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्द ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू अगाडि बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा अध्यक्षहरु बोल्दै हाम्रो सरावल गाउँपालिका उदाहरणीय बनाउनु हामी सबैको अहम भुमिका हुने कुरामा जोड दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित