वीरगन्ज, ६ भदौ । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) ले पार्टी प्रवेश र कमिटि गठनलाई निरन्तरता दिएको छ । सोमबार पनि जगरनाथपुर गाउँपालिकामा वडा नं.–१, पान्डेपुर, पिडारीमा पार्टी प्रवेश तथा वडा कमिटी गठन गरिएको छ ।
कार्यक्रममा जसपा परित्याग वडा समितिका ५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य, विशिष्ट अतिथि केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश सदस्य सलाउद्दीन अहमद लगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्यद्वय शाक्य र यादव, अहमद, कृष्णमोहन प्रसाद यादव, नेता सरिफ गद्दी, सहरुम गद्दी, गोरा थारु, शिव प्रसाद लगायतले मन्तव्य राख्नु भएको थियो । यसैबीच सोमबार नै शिव प्रसाद महतोको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो ।
त्यस्तै पर्साको जगरनाथपुरमा स्थानीय सरकारले अझैपनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको पाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको लागि माग नगरेकोले अझैपनि लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

