नवलपुर / २१मंसिर पूर्वी नवलपरासीमा प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। आइतबार दिउँसो नवलपुर प्रहरीले डण्डा चोरमारा बिचको चालिस कि मी मा चेक जाँचको क्रममा दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ना ४१ प २४७१ नम्बरको मोटरसाइकलमा आएका पूर्वी नवलपरासीको गैडाकोट ७ जयश्री निवासी २४ बर्षीय रमेश विक र चितवनको भरतपुर महानगरपालिका ७ कृष्णनगर निवासी २७ बर्षीय विकास बजगाईलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट फेनारागन ३०, डाइजेपाम ३०, नुफिन ३० एमपुलल र नाइट्राभेट १० लेखिएको लागुऔषध १५ ट्याप्लेट बरामन गरेको जनाएको छ । लागुऔषध तथा नियन्त्रण एक २०३३ बमोजिम कसुर बमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।