Rashtriya Dainik

उपाध्यक्ष मशहुद खां कार्यभार सम्हाल्ने

कपिलवस्तु, भाद्र, ६

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तु का मौलाना मशहुद खां लाई मनोनयन गर्ने निर्णय गरेको केहि दिन पछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खां ले मौलाना मशहुद लाई नियुक्ति पत्र दिई कार्यभार सम्हाल्न आग्रह गरेका छन् l

कृष्णनगर बस्ने मौलाना मशहुद मदरसा व्यवस्थापन, मदरसाको समस्या, मदरसाको संरक्षण, मदरसाको शिक्षकको पेशागत शंरक्षण लगायतका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउदै आएका व्यकितत्व का रूपमा परिचित रहि जामिया सिराजुल उलुम अल्सल्फिया, जमियत अलहेरा का प्रवक्ता रहेका मौलाना मशहुद खां नेपाली यो भन्दा पहिला पनि मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव उहामा प्रचुर मात्रामा रहेको प्रष्ट देखिन्छl

उहा दोस्रो पटक उपाध्यक्ष भए पछि मौलानाको घरमा भेटेर, फोन मार्फत तथा सामाजिक संजाल मार्फत बधाई निरन्तर आइ रहेको बताउदै आफूले मदरसाको हकहित तथा उर्दू भाषाको संरक्षणमा सधै लागि रहने बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित