Rashtriya Dainik

राष्ट्रिय बाणिज्य बैंक सुवर्णपुरमा ATM को आज उद्घाटन

भाद्र- ६ हरिकिशोर शर्मा
ठोरी गाउँपालिका ५ सुबर्णपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा आज ATM मेसिनको उद्घाटन गरिएको छ ।

ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आज एक कार्यक्रमका बिच ATM मेसिनको उद्घाटन गर्नु भएको हो । पर्साको ग्रामीण भेगमा संचालित बैंकले ग्राहक थप हुँदै गएपछि सुबिधाका लागि ATM राखेको कार्यक्रमका अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा गापा अध्यक्ष श्रेष्ठ सहित ठोरी ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन, सुवर्णपुरका पुर्व गाबिस अध्यक्ष जरी लामा, सुवर्णपुरका अगुवा सुन लामा लगायत बैंकका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा बैंकका ग्राहकहरुको उपस्तिथि रहेको थियो ।

ग्राहकको आवस्यकतालाई ध्यानमा राख्दै ATM मेसिन संचालनमा आएपछि यस क्षेत्रका ग्राहकले बैंक मा धेरैबेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने र कार्यालय समय भन्दा बाहेकका समयमा पनि ग्राहकले बैंकिङ सुविधा पाउने बैंकका सहायक प्रमुख प्रकाश कुमार बर्णवालले बताउनु भयो ।

बाणिज्य बैंक सुवर्णपुरका शाखा प्रमुख यादव थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी मदन खरेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित