Rashtriya Dainik

शान्ति शुरक्षाको माग गर्दै पत्रकारले बुझाए प्रजिअ र जिससलाई ज्ञापन

जितेन्द्र गुप्ता / नवलपरासी,६ भदौ

भारत नेपाल मैत्री पत्रकार संघले प्रहरीद्धारा पत्रकार माथि दुब्यर्वहार भएको र तस्करले धम्कि दिने गरेको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

सिमाक्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारहरु माथि प्रहरी र तस्करबाट अशुरक्षा बढेको र पत्रकारहरुलाई शान्ति शुरक्षाको प्रत्याभुती गराउन माग गर्दै सो ज्ञापनपत्र बुझाइएको हो ।
आईतवार संघका अध्यक्ष अरुणकुमार बर्मा सहित भारत नेपालका पत्रकारहरुले संयुतm रुपमा ज्ञापनत्र बुझाएका थिए ।

शुक्रवार प्रहरीकै सामुन्ने सरावल गाउपालिका ७ स्थित भुजहवा नाका र भारतिय बजार लक्ष्मिपुर खर्द बाँध नजिकबाट तस्करले मालसमान ओसार्दै गरेको अवस्थामा पत्रकारले तस्विर खिच्न खोज्दा नेपालको शसस्त्र प्रहरीका जवानबाट पत्रकार माथि कुर्सि फालेर दुब्र्यवहार गरेको कुरा उल्लेख ।

त्यसै गरि तस्करीमा संलग्न तस्करहरुले नेपालमा भारतिय पत्रकार आए ज्यान मार्ने धम्कि समेत दिएको मोबाईलको फोन नम्बर र तस्विर समेत संघका अध्यक्ष बर्माले बुझाएका थिए । फोनमा दिइएको धम्किको अडियो रेकर्ड सहित बुझाएर बर्माले नेपाली नम्बरको प्रयोग गरि धम्कि दिने तस्करलाई कानुनी कारवाही गराउनु पर्ने र संलग्न प्रहरीलाई पनि विभागिय कारवाहीको माग गरेका थिए ।

शुक्रवारको घटना पछि संघका अध्यक्ष बर्मा सहितको टोलीले भारतिय तस्करहरुलाई कारवाहीका लागि ज्ञापनपत्र दिएका थिए ।

भारतको ठूठीबारी कोटवालीले १० मिनेट भित्रै संलग्न आरोपी माथि मुद्दा दायर गरेर कारवाही चलाई सकेको छ । त्यसै गरि नेपाली नम्बरको प्रयोग गरि धम्काउने तस्करलाई कानुनी दायरामा ल्याउनु पर्ने उनको माग थियो ।

ज्ञापनपत्र बुझ्दै जिसस प्रमुखले कारवाहीका लागि आवश्यक प्रकृया बढाउन प्रजिअ श्रवण कुमार पोखरेललाई जानकारी गराएका थिए । ज्ञापनपत्र प्राप्ती पछि मातहतका शुरक्षा प्रमुखसँग समन्वय गरि आवश्यक कारवाही गरिने प्रजिअ पोखरेलले आश्वासन दिएका थिए । सिमा क्षेत्रमा हुने तस्करी र तस्करका कारणले दुबै देशका नागरिक तथा पत्रकारको शुरक्षा प्रति नेपाली प्रशासन गम्भिर रहेको उनले बताएका थिए ।

यस्तो घटनाले दुबै देशको सम्बन्धमा समेत असर पर्ने भएको हुने हुदा त्यसमा नेपाली प्रशासन र भारतिय प्रशासनसँग मिलेर समस्या समाधान गर्ने समेत बताएका थिए । स्थानिय समाजसेवी संजय यादव समेत पत्रकारहरुसँगै प्रशासन र समन्वय समितिमा पुगेर यस प्रति गम्भिर हुन माग गरेका थिए ।

स्थानिय समाजसेवी रामभवन यादवले समेत तस्करलाई कारवाही हुन पर्ने र नेपाल भारतको सम्बन्धमा खलल पर्ने खालल नपर्ने खालका कार्य गर्न शुरक्षा निकायसँग आग्रह गरेका थिए । उनले नेपाल भित्रका र भारतका पनि केही पत्रकारहरुले तस्करलाई सह दिने गर्दा उनीहरुको मनोबल बढेको र अहिले भारत नेपाल पत्रकारसँगले त्यसलाई चिर्न लाग्नु पर्ने बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित