राष्ट्रिय दैनिक / नवलपरासी, ४ भदौ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको तुरिया खोलाबाट नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको छ ।
स्थानीय तहको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तु चोरी तथा दोहन नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्दा चोरीका घटना बढेका हो ।

दिनभरी युवाहरु खाेलामा गएर बालुवा र ढुङ्गा जम्मा गर्ने र साझपख ट्याक्टरमा लाेड गरेर चाेरी गर्दा पनि नजिकै रहेको सुनवल प्रहरी चाैकी तथा नगरपालिका माैन बसेकाे छ।

कुनै पनि ठेक्का हाल नभएको भए पनि रात दिन नदिजन्य खुलेयाम चोरी निकासी भएपनि नगरपालिकाका प्रमुख र प्रहरी प्रशासन मौन देखिएको छ । तुरिया पुल उतर तर्फ ६०० मिटरमै नदिजन्य पदार्थ चोरी हुन्छ तर प्रशासन मुकदर्सक बन्छ । खोलामा ढुङ्गा , गिट्टी, बालुवा चोरी भएको प्रष्ट तुरिया पुलबाट देखिन्छ ।

यसरी खुलेयाम चोरी हुदा किन मौन बस्छ नगरपालिका र प्रहरी ..? खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी राति दिन बराबर गरेको पाइएको छ । नदिजन्य पदार्थ चोरी गर्ने टोलि नै छन र टोलिले खोलाम जाने बाटोमा आफ्न् सुराकी राख्ने गरेको स्थानीय भन्छन्।

सबै भन्दा बढी मात्रमा ट्याक्टरबाट ढुंगा, मिस्कट, बालुवा जस्ता नदीजन्य पदार्थ दोहन गर्ने सुनवल राजनीतिक दलका कार्यकर्ताको साथै केहि सप्लायर्स र केहि ब्यक्तिहरु खुलेयाम साे कारोबारमा संलग्न छन ।

तुरिया खोलाको उत्तर तर्फबाट बालुवा , ढुंगा निकासी गरिरहदा आफ्नो क्षेत्र भन्दा बाहिर गई चुरे क्षेत्रबाट समेत ढुंगा निकासी गर्ने गरेको स्थानियबासीहरुले बताउँछ । खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गर्दा खोला भासिएर धेरै गहिरो हुने र खोला किनारको आवादिलाई निकट भविष्यमा ठुलो क्षति पुर्याउन सक्ने भन्दै स्थानियबासीले चिन्ता ब्यक्त गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

