नवलपरासी – अखिल नेपाल आदिवासी जनजाति महासंघको पश्चिम नवलपरासी शाखाकोबर्दघाट–१४ को गंगावस्तीमा शुक्रवार भएको प्रतिनिधिमुलक भेलाले अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका नेता दुर्गा नारायण थारुको संयोजकत्वमा ७ सदस्सीय अखिल नेपाल आदिवासी जनजाति महासंघ जिल्ला शाखा गठन गरिएको छ ।
महासंघमा थारु, मगर ,गुरुङ,नेवाः कुमाल लगायतका समुदायका अगुवाहरुको प्रतिनिधित्व रहेको संयोजक थारुले जानकारी दिनुभयो । 
भेलाले कमल तमु, गोविन्द बहादुर साठीघरे मगर, चन्द्रमान मानन्धर , बल बहादुर कुमाललगायतलाई सदस्यमा चयन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले जातीय मुक्तिको सवाल बर्गीय आन्दोलनको सबाल भइसकेकोले उत्पीडित वर्गको एकता अपरिहार्य बनेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी चोला क्रान्तिकारी माओवादी प्रदेश सदस्य तथा जनवर्गीय मोर्चा संगठन नवलपरासी पश्चिमका ईञ्चार्ज समर, मगर राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला संयोजक गोबिन्द बहादुर साठीघरेलगायतले बोल्नुभएको थियो ।
महासंघमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा, अखिल नेपाल थारु राष्ट्रिय मोर्चा, नेवाः मुक्ति मोर्चा , अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चा,कुमाल मुक्ति मोर्चालगायतमा घटकहरुको आबद्धता रहेको महासंघले जनाएको छ । भेलाले महासंघका केन्द्रीय अध्यक्ष डा. ओम गुरुङको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

