महेसपुर, ३ भदौ। नवलपरासीमा चीनीको व्यापक तस्करी भएको पाईएको छ। जिल्लाको लक्ष्मीपुर-भुजहवा नाकामा साईकलमा लोड गरि स्थानीय तस्करहरुले चीनी ओसारपसार गरिरहेका छन। भारतको उत्तर प्रदेश महराजगन्ज जिल्लाको लक्ष्मीपुर नाकामा लुकाई राखिएको चीनीहरु पुलिसको छापामारिबाट बचाउन तस्करहरु भरिया प्रयोग गरि नेपाली नाका भुजहवामा ओसारीरहेका छन।
नेपाली नाका भुजवहामा चीनी सुरक्षित गर्न भारती र नेपाली तस्करहरु भरीया लाई प्रयोग गरि आज दिउसो २ बजेदेखि सान्झ ४ बजेसम्म चीनीका बोरा साईकलबाट ओसारेका स्थानीय भारतिय पत्रकारले जानकारी दिएका छन।
भारती नाका लक्ष्मीपुर र भुजहवा बढीमा १०० मिटरको दुरीमा छ। त्यस्तो लाखौंको चीनी अबैध रूपमा नेपाल भित्राईदा नेपाली प्रहरी र भारती प्रहरी मुख दर्शक बनी तमासा देखि रहेको स्थानीय भन्छन। सो क्षेत्रमा बिगत लामो समयदेखि दिनहुँ चीनीको पिकपका पिकप- ट्रकका ट्रक चीनी भन्सार छली नेपाल भित्राउने गरेको स्थानीय बताउछन। यश कार्यमा प्रहरी प्रशासन मौन देखिनु भनेको पक्कै आर्थिक प्रलोभनमा परेको बुझिन्छ। आज लक्ष्मीपुरबाट भुजहवा चीनी भित्राउदा भारती पत्रकारहरुले स्थलगत फोटो र भिडियो शुट गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

