कपिलवस्तु कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न २ गैडहवा मा नगर स्तरीय जनमत पार्टीकाे कार्यालय काे उद्घाटन सम्पन्न भएको छ । उद्घाटन कार्यालय मा जनमत पार्टीका कार्याकर्ताहरु काे सहभागीता रहेको थियो । साथै परिचय कार्यक्रम र भेटघाट कार्यक्रम पनि भएको थियो । जनमत पार्टी काे कार्यालय खाेल्नु काे उद्देश आफ्नाे कार्याकर्ताहरु लाई कसरी थप बलियो बजाउने र पार्टीकाे उद्देश बारे आम जनताहरु लाई बुझाउन काे लागि याे कार्यालय काे उद्घाटन गरिएको जनमत पार्टी कपिलवस्तु का संयाेजक याेगेन्द्र चाैधरीले बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि संजय कुमार मिश्रा , विशिष्ट अतिथि कपिलवस्तु जिल्ला संयाेजक याेगेन्द्र चाैधरी , जिल्ला कार्यसमिति सदस्य अरून कुमार बिश्वाकर्मा ,रामलाल यादव ,मोहम्मद हनिफ गद्दी र दिपकुमार केवट लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियो । कार्यक्रम को संचालन कपिलवस्तु को जिल्ला कार्यसमिति सदस्य बिजय कुमार केवटले गर्नु भएको थियो राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।