Rashtriya Dainik

नेपाली काङ्ग्रेसद्वारा सरावल २ जावामा भेटघाट तथा सम्मान कार्यक्रम हुने

राष्ट्रिय दैनिक / नवलपरासी , २ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावामा भेटघाट तथा सम्मान कार्यक्रम हुने भएको छ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नं. २ नवलपरासीकाे अायाेजनामा भाद्र ४ गते शनिबार भेटघाट तथा सम्मान कार्यक्रम हुने भएको हाे।

प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै गत स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा निर्वाचनमा उपबिजेता हुनुभएका पार्टीका उम्मेदवारहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले भेटघाट तथा सम्मान कार्यक्रम राखिएको प्रतिनिधिसभा २ का सभापति माधव प्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।

सरावल गाउँपालिका वडा नम्बर २ सामुदायिक भवन, ककरपत्तनगर, जावामा कार्यक्रम हुने भएकोले यहीँ शनिबार बिहान ११ बजे पार्टीका नेता , कार्यकर्ता , सुबेच्छुक तथा भातृसंगठन लगाएत नेपाली काङ्ग्रेसका विभिन्न तह तप्काका पदाधिकारी एवं सम्पूर्ण कार्यकर्तालाई यहि सुचनालाई निमन्त्रणा मानि उपस्थितिका लागि सभापति पाण्डेयले अनुरोध गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित