पश्चिमेली लोक तथा देउडा गीत प्रतिष्ठान नेपालको शाखा भारत को कर्नाटका राज्य मा पनि बिस्तार गरिएको छ । बुधबार भाद्र १ अर्थात अगस्ट १७ का दिन बेङ्लोरमा भएका सस्कृती प्रेमी लगाएत कामको शिलशिलामा बस्दै आएका नेपालिहरुको भेलाबाट समिती गठन गरिएको छ । लोक तथा देउडा गीत प्रतिष्ठान नेपालको स्वीकृति लिएर आफ्नो सुदुर पश्चिमी मौलिक सस्कृती भेषभुसा र चालचलन बचाएर राख्न र यसको पहिचान गर्न आफुहरुले शाखा बिस्तार गरेर समिती गठन गरेको सचिब बिरेन्द्र साउद ले जानकारी दिए । देउडा गायक यज्ञराज भट्ट्को अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति गठन पनि गरिएको छ । अध्यक्ष मा यज्ञराज भट्ट, उपाध्यक्ष भक्त ब साउद, सचिब बिरेन्द्र साउद, कोषाध्यक्ष करण बि.क, सह सचिब एलिजा शाही , सदस्यहरुमा , प्रेम मायालु बिक, मधु भट्ट, आषा बिक र भुवन नेपाली रहेका छन । यो समितिले अबका दिनदेखी देश भन्दा बाहिर रहेर पनि देशको सस्कृतिलाइ जोडदार पहिचान गर्न लागि पर्ने बिरेन्द्र साउद्ले जानकारी दिए । यस्तै सस्था संग जोडिन चाहने ईच्छुक ब्यक्तिहरुलाई सहज तरिकाले जोडिन सक्ने ब्यबस्था गरेको पनि उनले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

