राष्ट्रिय दैनिक / नवलपरासी , २ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण गरिँदैछ।

बिहीबार सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमती हरिजन , वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु भट्टराई लगाएतकाे टिमले डम्पिङ साइट निर्माणका लागि स्थलगत अनुगमन गरेका हुन्।

अनुगमनसँगै निर्माण कार्य पनि सुरु गरिएको छ। चुनाव जितेपछि अध्यक्ष चाैधरीले सरावलका हरेक कार्यक्रममा फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण गर्ने कुरा बोल्दै आएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

