Rashtriya Dainik

नवलपरासीको सरावल गाउँपालिकामा बाध्यबाधन भजन तालिम

राष्ट्रिय दैनिक / नवलपरासी , १ भदौ

पश्चिम् नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासाबसहीमा बाध्यबाधन भजन तालिम सुरु भएको छ ।

बैदिक धर्म परिषद नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीले आयोजना परिषदका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा १५ दिने बाध्यबाधन भजन तालिम सुरु गरिएको हाे।

तालिमलाई उदघाटन गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नो पालिकालाई संगीतको माध्यमबाट फरक तरिकाले चिनाउने बताउनुभएको छ । पालिका भित्र भौतिक विकास संगसंगै धर्म, सस्कृती र संगीतको पनि विकास गर्ने बताउनु भएको थियोे । उहाँले मानिसले जति पनि धन सम्पति कमाएपनि उसलाई आनन्दित र खुसी बनाउने माध्यम नै संगीत रहेकाले सरावल गाउपालिकाले यस क्षेत्रमा योजना बनाएरै काम गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजन, देवेन्द्र शर्मा, पेउनारायण न्यौपाने, भिमा न्यौपाने, लगायतले मन्तब्य राख्नुभएको थियो ।

१५ दिन सम्म सन्चालन हुने तालिमको प्रशिक्षक श्रुती संगीतालय बर्दघाटका प्रमुख लोक जी मिजारले दिनुहुने परिषदका जिल्ला सचिव लिलाधर पाण्डेले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित