राष्ट्रिय दैनिक / नवलपरासी , १ भदौ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ मा किसानहरुलाई बिमा कम्पनीसंग समन्वय कार्यक्रम सम्पन्न भएको छ।
युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवन परियोजना (रिकाेभ) बाट किसानहरुलाई बिमा कम्पनीसंग समन्वय कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मकाे परियोजनाबाट कृषि र पशु क्षेत्रमा सहयोग पाएका करिब ७५ जना किसानहरुकाे सहभागीता रहेको रिकाेभ परियोजना संयाेजक सुस्मिता शर्माले जानकारी दिनुभएको हाे।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र कुमार सहानी , युनाइटेड मिसन टु नेपालकाे रिकाेप परियोजना ब्यवस्थापक कामना भट्टराई लगाएतले बाेल्नुभएकाे थियोे ।

कार्यक्रमकाे सहजिकरण कृषि ज्ञान केन्द्र नवलपरासीका ना.प्र.स एवं बिमा अभिकर्ता वसन्त कुमार खवास तथा जनरल इन्स्योरेन्स कम्पनी नेपाल भुमही शाखाका नारायण न्याैपानेले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

