महेश सिंह सिरहा लहान १ भदौ – वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ५ खउरकीयाही बस्ने मोहम्मद रहिद मियाँ र सकिला खातुनका करिब ३८ वर्षिय छोरा मो.सहिदुल मियाँलाई २०७९- बैशाख ४ गते कतार मै मृत्यु भएको थियो।
मृतकको श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित लाई बोलाएर क्रिया खर्च सहित १४ लाखाको माछापुच्छ्रे बैंकको चेक पीडित खातुनलाई दिएका हुन्।
मृतक मियाँ निरन्तर २० बर्ष देखि वैदेशिक रोजगारमा काम गर्दै आएका थिए।उनी छुट्टीमा घर आएर देश फर्केको ७ महिना नबितदै एक जना नेपाली युवाले सोही कम्पनीमा काम गर्ने युवाले सौच गर्न निसकेका मो. सहिदुल मियाँलाई पेटमा छुरा प्रहार गरेर घम्भिर घाइते बनाएका थिए।
घाइते मियाँलाई एक श्रीमती र दुई छोरा र १ छोरी रहेका छन्। मियाँलाई उपचारकै क्रममा कतारमै मृत्युु भएको परिवारजनले बताए। वैदेशिक रोजगार बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती नुरजहाँ खातुनलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

