Rashtriya Dainik

मधेशी आयोगद्वारा तिन छट्ठी पर्वको शुभकामना

प्रिन्स मिश्रा कपिलवस्तु कृष्णनगर – मधेशी आयोगले भाद्र कृष्णपक्ष ललही तिथिमा पश्चिम तराईको मधेशी महिलाहरु ले मनाउने तिन-छट्ठी पर्वको सु-स्वस्थ, दीर्घायुको कामना गर्दै शुभकामना ब्यक्त गरेको छ | यस्ता महत्वपूर्ण पर्वलाई सु-व्यवस्थित तरिकाले मनाउन ब्रातालूहरु लाई सहयोग गरिदिनु हुन सम्पूर्ण सरोकारवाला निकायहरु संग शुभकामना सन्देश मार्फ़त मधेशी आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले आग्रह समेत गर्नु भएको छ |

–> यस पर्वमा घाँसे कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिन्छ।
ब्रत बस्ने आमाहरुले बिहान देखी गौधुली साँझसम्म निराजल रही साँझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दहीसंग खाने गर्छन ।
तिन-छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न-जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।
व्रतालु महिलाहरू घरभन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित