प्रिन्स मिश्रा भाद्र १ । पश्चिम तराईकाे मधेशी समुदायका आमाहरुले हिन्दु धर्म अनुसार नयाँ लुगा लगाई आफ्नो छोराहरुको सु-स्वस्थ, दीर्घायुको कामना गर्दै आज एक दिने बिशेष पुजा-पाठ गर्ने गर्छीन । आमाहरुले तिन-छट्ठी पर्व परम्परागत रुपमा मनाउदै आईरहेकी छिन। स्थानीय बृद्ध, पण्डित र जानकार अनुसार यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ललही छठको तिथीमा मनाइने गरिन्छ ।
यस पर्वमा घासे कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिन्छ। ब्रत बस्ने आमाहरु ले बिहान देखी गौधुली साझा सम्म निराजल रही साझा हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दही संग खाने गर्छिन। तिन-छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न-जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।
व्रतालु महिलाहरू घर भन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

