Rashtriya Dainik

कैलाशधाम परिसरमा लियो क्लबको बृक्षारोपण

२०७९ श्रावण ३०

लियो क्लब अफ नवलपरासी दाउन्नेले दाउन्ने मन्दिर माथी रहेको कैलाश धाम परिसर मा वृक्षारोपण गरेको छ।

श्रावण महिना को अन्तिम सोमबार को अवसर पारेर क्लबले कैलाशधाम यात्रा तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा लियो सदस्य हरूले रुद्राक्ष, श्रीखण्ड, खैर, बेल, पारिजात, तुलसी लगायतका धार्मिक मान्यता सग जोडिएका वृक्षहरू एवं एभोकाडो तथा अन्य फलफूलका बिरुवा समेत रोपिएको क्लबका अध्यक्ष मनिष तिवारी ले बताए।रुख र मानिसको सम्बन्ध प्रगाढ हुनुपर्ने हुदा प्रकृतिको संरक्षण गर्नु पर्ने लियो सदस्यहरूको भनाई छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित