Rashtriya Dainik

परासी बजारका सडक तथा सार्वजनिक स्थलहरुको सरसफाईमा जनप्रतिनिधि र कर्मचारी

नवलपरासी , २९ साउन । जिल्लाको सदरमुकाम परासी बजारको सरसफाईमा रामग्राम नगरपालिका भिडेको छ । परासी बजारका सडक तथा सार्वजनिक स्थलहरुको सरसफाईका लागि पालिकाका जन प्रतिनिधि तथा कर्मचारीहरु आफै उपस्थित भई सफाई कार्य गराई रहेका छन् । आज रामग्राम नगरपालिका वडा ५ झरही खोलादेखि जिल्ला प्रहरी कार्यालय सम्मको मुल सडकमा फालिएको फोहोर मैला, ढुङ्गा,गिट्टिबालुवा लगायतका फोहोरहरु पालिकाको फोहोर फ्याक्ने टयाक्टरमा लोड गरि डम्पिङ्ग साईटमा बिर्जन गरिएको वडा ५ का अध्यक्ष रामबृक्ष यादवले जानकारी दिनु भयो ।
बजारको मुख्य सडमा फालिएका प्लास्टिक लगायतका फोहोरले सडक फोहोर देखिनु र सडकको छेउछाउमा छितिरबिरि रहेको स–साना ढुङ्गागिट्टिले दुर्घटनाको जोखिम बढने सम्भावना देखिएकाले ति विकार वस्तुहरुलाई सफाई गरिएको वडा अध्यक्ष यादवले बताउनु भयो ।

वडा ५ को मुख्य सडक सफाई पछि वडा नम्बर ३ को क्षेत्रमा पनि सफाई गरिएको वडा ३ अध्यक्ष उज्जवल न्यौपानेले जानकारी दिनु भयो । अध्यक्ष न्यौपानेले, यो सर–सफाई मुख्य सडकको मात्र नभई सर्वाजनिक स्थल, भित्री सडकहरु समेतको हुने र यो कार्य अझै २÷३ दिनसम्म चल्ने जानकारी दिनु भयो । सरसफाई कार्यको प्रारम्भ नगर प्रमुख धनपत यादव र उप प्रमुख सम्झना चौधरीले गराउदै बजारमा पर्ने सबै वडामा पनि यस्तै वृहद सरसफाई कार्य गर्न सम्बन्धित वडा अध्यक्षहरुलाई नगर प्रमुख यादवले आग्रह गर्नु भयो ।

परासी बजारलाई सुन्दर सफा बनाउन यो कार्य थालिएको छ । यो कार्य पालिका भित्रका सबै वडाहरुमा हुनु पर्ने हो । सफाई कार्यमा रामग्राम नगरपालिका वडा ५ र ३ का जनप्रतिनिधि, र नगरपालिकाका कर्मचारी तथा सरसफाई कर्मीहरु रहेका थिए । यसरी बजारका सडकको सरसफाईले सफासुन्दर हुदै गएपछि बजारको सबै वडाहरुको वृहद सफाई गर्न आवश्यक रहेको स्थानियले प्रतिकृया जनाए । उक्त कामका स्थानियले प्रशंसा पनि गरे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित