Rashtriya Dainik

नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , २९ साउन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समिक्षा कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

संबिधानसभा सदस्य सीता वौडेल प्रमुख आतिथ्यता एंव संबिधानसभा सदस्य सिन्धु जलेशा बुढाथोकी बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बौडेलले जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई रक्षा गर्दै स्थानीय तहका जन प्रतिनिधि विकास र समृद्धिमा अगाडि बढ्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा आयोजकको तर्फबाट बोल्दै बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरलाई कस्तो बनाउने भन्ने सपना जनप्रतिनिधिको हुने भएपनि कार्यान्वयनको पाटो कर्मचारीको हुने भन्दै जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यबाट नगरलाई समृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै निर्वतमान नगर प्रमुख धीरज शर्मा बस्यालले नगरका हरेक गतिबिधिमा आफू सरिक हुन चाहेको बताउदै वर्तमान जनप्रतिनिधिले आवश्यक परामर्श गरेमा विना पूर्वाग्रह सल्लाह दिने दावी गर्नुभयो ।

त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले समिक्षा कार्यक्रमबाट बिगतमा भएका असल अभ्यासको अनुकरण गर्न सहज हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थी, योजना तथा कार्यक्रम अधिकृत पुस्कर काफ्ले, पशुपंन्छी तथा मत्स्य विकास अधिकृत भरत लम्साल कृषि विकास अधिकृत युवराज लम्साल ,स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, प्राबिधिक शाखाको तर्फबाट ईन्जिनियर शान्ति गुरुंङ, रोजगार संयोजक जंग मल्ल, राजस्वको तर्फबाट शारदा जिसी, पंजीकरणको तर्फबाट उदय राज पाठक, महिला तथ बालबालिका शाखा अप्सरा सुवेदीले शाखाले गरेका कामको विवरण पेश गर्नुभयो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता कृष्ण थापा क्षेत्रीको संचालन नगर कार्यपालिका प्रवक्ता सन्त बहादुर गाहाको स्वागतमा भएको कार्यक्रममा नेपाली काँगेसका नगर सभापति दामोदर जिसी, वडा नम्बर १६ का वडाध्यक्ष भीमकाजी गुरुङ नेकपा (एमाले) नगर अध्यक्ष रविन्द्र बिक्रम हमाल, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष तेजेन्द्र पुर्जालगायतले बोल्दै आफ्ना धारणाहरु राख्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित