Rashtriya Dainik

महेसपुर भन्सारको राजस्व २२ करोड ३३ लाख : लक्ष्यको ५०% पनि उठेन राजस्व

बिनाेद निगम / नवलपरासी , २९ साउन

पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले एकबर्षमा २२ करोड बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैया संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैया संकलन गरेको छ ।

त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८, आयकर तर्फ ३८ लाख १० हजार ४९५ र प्रशासनिक सेवा शुल्कबाट २ लाख २६ हजार रुपैया संकलन गरेको महेसपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले बताउनु भयो ।

यो राजस्व गतबर्षको तुल्नामा कम रहेको छ । कार्यालयले गत बर्ष २६ करोड बढि राजस्व संकलन गरेको थियो जुल लक्ष्य अनुसार संकलन भएको थियो ।

यसबर्ष विभागले महेसपुर भन्सारलाई ४५ करोड राजस्व संकलन गर्न लक्ष्य दिएपनि सो लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठन सकेन ।
राजस्व हसमा मुख्य कारण नेपाल सरकारले एलसी बन्द गर्नु र उता भारत सरकारले चिनी, गहुँ, चामल, दाल लगायतका खाद्यान्न निर्यातमा रोक लगाउनु रहेको भन्सारले जनाएको छ ।

नेपाल सरकारले एलसी बन्द गर्दा विलासिताका सर–सामान आयात गर्न पाईएन जसले राजस्वमा ठुलो हस आएको देखिन्छ । अर्काे समस्या महेसपुर भन्सार ठुलो भन्सारमा स्तरउन्नती भएपनि यहाँ व्यपारीहरुको चाप बढन सकेन जसकारण कारोबारमा बृद्धि भएको छैन ।

भन्सारको आवश्यक भौतिक पुर्वाधार, बाटोघाटोको विकास नहुनु, प्लान्ट क्वारेन्टाईन, खाद्य विषादी परिक्षण केन्द्र स्थापना नहुनु र जनशक्तिको अभावले पनि यहाँ व्यपारीहरुको चाप नबढेको अनुमान गरिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित