ज्ञानेश्वर साहनी, नवलपरासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकीको लागि जग्गा दातालाई सम्मान कार्यक्रम सम्पन भएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाईले आफ्नो ८ कठा जग्गा देवगाउँ स्वास्थ्य चाैकी भवन बनाउन दान गर्नु भएको हो ।
देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जग्गा दाता जगदिश गोसाईको भाइ तथा पुर्ब वडा अध्यक्ष जितबहादुर गोसाईले गरेका थिए ।
एक कार्यक्रमका बिच देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा जग्गा दातालाई सम्मान कार्यक्रम गरियो थियोे ।
रामग्राम नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष कनहिय मैयाको अध्यक्षता तथा प्रदेश सभा संसद बैजनाथ जयसवालकाे प्रमुख आतिथ्यतामा भएको देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकीको लागि जग्गा दातालाई सम्मान कार्यक्रम सम्पन भएको थियोे ।
कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाईले जग्गा कम भए पछि अरु जग्गा दिने बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिकाका उप मेयर सम्झना चाैधरी , गोवरहिया प्रहरी चाैकी , नेपाल रेडक्रस सोसाइटी , पत्रकार , समाजसेवी तथा गाउँ वासी हरुलगायतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालक देवगाउँ स्वास्थ्य चाैकी हे .अ चन्द्र भावन यादवले संचालन गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

