Rashtriya Dainik

सुरहि खोलामा विस्फोट पदार्थ फेला,नेपाली सेना द्धारा डिस्पोज

प्रिन्स मिश्रा चन्द्रौटा,२८साउन
कपिलवस्तुको शिवराज नगरपालिका वडा १ सुरहि खोलामा विस्फोट पदार्थ फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरहि पुल नजिकै फेला परेको उक्त बस्तुलाई नेपाली सेनाले शनिवार डिस्पोज गरेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई कहि बेर अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।
गर्मी छल्न पौडी खेल्न गएका स्थानीहरूले शङ्कास्पद बम जस्तो देखिने बस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए । ठुलो आवाजमा डस्पोज भएको उक्त बस्तु फेला परेर ठुलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुर बहादुर खड्काले बताउनुभयो ।
शुक्रवार जानकारी प्राप्त भएको र शनिवार बिहान गोरुसिगेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले बताउनुभयो । तत्कालीन द्धन्दकालमा उक्त बस्तु त्यहाँ छुटेको हुन सक्ने अनुमान रहेको छ । शिवराज नगरपालिका वडा ९ का अध्यक्ष राम गोपाल थारु सहितको टोलीले उक्त स्थानमा पुगेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित