Rashtriya Dainik

थारु मिलन केन्द्र पश्चिम नवलपरासीको अध्यक्षमा राधेश्याम चाैधरी

उमेश बि.क / नवलपरासी , २८ साउन

” थारु मिलन केन्द्र नेपाल ” पश्चिम नवलपरासीको अध्यक्षमा राधेश्याम चाैधरी सर्व सहमतबाट चयन हुनुभएको छ।

शनिबार सम्पन्न भेलाबाट चाैधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी केन्द्रको उपाध्यक्षमा भेष नरायण चाैधरी , सचिवमा सत्रुधन चाैधरी, कोषाध्यक्षमा गिता देबी चाैधरी चयन हुनुभएको हाे । त्यस्तै सदस्यमा किशोर कुमार चाैधरी , अाशादेबी चाैधरी,दुर्गा चाैधरी , शिव कुमारी देवी चाैधरी ,हरि नारायण चाैधरी , लक्ष्मीनारायण चाैधरी र जयन्त सिंह थारु चयन हुनुभएको हाे ।

त्यस्तै केन्द्रको सल्लाहकारमा हेम नारायण थारु , अशोककुमार चाैधरी ,गुलाब प्रसाद चाैधरी , त्रिलाेकीनाथ फाैजदार , मुन्द्रीका चाैधरी रहनु भएको थारु मिलन केन्द्रकाे निवर्तमान अध्यक्ष अशाेक चाैधरीले जानकारी दिनुभएको हाे।

अशाेक चाैधरीकाे अध्यक्षता सम्पन्न भेलाबाट चयन भएका कार्यसमितिलाई चाैधरीले बधाई सहित सफल कार्यकालकाे शुभकामना दिनुभएको हाे।

त्यस्तै नवनिर्वाचित अध्यक्ष राधेश्याम चाैधरीले अाफुलाई महत्त्वपूर्ण भुमिका प्रदान गर्ने थारु समुदायका अगुवा र समग्र थारु समुदायलाई धन्यवाद दिनुभएको हाे। थारु कलासंस्कृति जगेर्ना , थारुकाे अधिकार तथा समग्र थारु नेतृत्वलाई अगाडि बढाउनकाे लागि बिशेष भुमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित